राजनीति

सभापति देउवा माधवसँग भेटपछि शीर्ष नेतासँगको छलफलमा

नवलपुर टुडे
२०८१ बैशाख ६ | बिहान १०:०१ बजे

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासँग छलफल थालेका छन् ।

बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका देउवाले बिहीबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा शीर्ष नेतासँग छलफल थालेको हुन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले गण्डकी प्रदेश शीर्ष नेताहरूबिच छलफल भइरहेको बताए ।

बुढानीलकण्ठमा कांग्रेसका शीर्ष नेतासँगको छलफल कानुनविद् पनि सहभागी छन् । प्रदेश प्रमुख  डिल्लीराज भट्टले वैशाख ७का लागि प्रदेशसभा बैठक आह्वान गरेकोमा कांग्रेसले आपत्ति जनाएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले वैशाख १० मा विश्वासको मत लिने तयारी छ । मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट परेका बेला विश्वासको मत लिने तयारी थालेपछि नयाँ रणनीति बनाउन देउवाले शीर्ष नेतासँग थालेको भानुको भनाइ छ ।

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा कांग्रेसको सहयोग मागेकोबारे पनि छलफल भइरहेको छ ।

कमेन्टहरु