Opens in a new tab

भन्सार छली चोरी पैठारी गरेर ल्याएका अवैध सामग्री बरामद

नवलपुर टुडे

29Shares
dida bag ad

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत खटिएको प्रहरी टोलीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएका अवैध सामानहरू बरामद गरेको छ। 

सोमबार जिल्लाका विभिन्न स्थानबाट भारतबाट ल्याएका २ लाख ९० हजार ३ सय २० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रंजितसिँह राठौरले जानकारी दिए।

प्रहरीले विभिन्न उपभोग्य सामान र कुखुराहरू नियन्त्रणमा लिएर भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाइन चेक पोस्ट कार्यालय बेलहियामा बुझाइएको छ। 

सियारी गाउँपालिका-६ सर्जुगन्जबाट चिनी, केराउ, ओमसतिया गाउँपालिका-४ पननीचोकबाट बेवारिसे अवस्थामा रहेको रेडिमेट सुट, साडी , पडसरीबाट प्याज र लुम्बिनी सांस्कृतिक नगरपालिका बोइलर कुखुरा बरामद गरिएको छ। 

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे