लुम्बिनी प्रदेश सभा बैठकमा गृहमन्त्री लामिछानेको आलोचना

नवलपुर टुडे


बुटवल । लुम्बिनी प्रदेश सभाको सोमबार बसेको बैठकमा सङ्घ सरकारका गृहमन्त्री रवि लामिछानेको आलोचना गरिएको छ । गृहमन्त्री रवि लामिछानेले राप्रपाको शान्तिपूर्ण आन्दोलनमा आक्रमण गर्न प्रहरीलाई निर्देशन दिएको भन्दै प्रदेश सभा सदस्यले आलोचना गरेका हुन् ।
सहकारी ठगी प्रकरणमा मुछिएकालाई वरिपरि राखेर प्रधानमन्त्रीले कस्तो सुशासन कायम गर्न खोजेको भन्दै प्रश्नसमेत उठाइएको छ । राप्रपाकी सांसद मिना श्रेष्ठले चैत २७ गते काठमाडौँमा भएको राप्रपाको शान्तिपूर्ण आन्दोलनमा गृहमन्त्रीको आदेशमा प्रहरीले आक्रमण गर्दा आफ्नो पार्टीको कार्यकर्ताले ज्यान गुमाउनु परेको बताइन् । सबै जाने–बुझेको छु भन्ने गृहमन्त्रीले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न कसरी आदेश दिए भन्दै उनले आक्रोश पोखिन् ।
सांसद खेम बहादुर सारूले स्थिर सरकारले मात्र प्रदेशको विकास गर्न सक्ने बताए । सांसद धनलक्ष्मी श्रेष्ठले प्युठानमा चैत अन्तिममा आएको हावाहुरीले घर तथा गोठ एवं किसानको टनेलमा क्षति भएको विवरण प्रस्तुत गर्ने सरकारले राहत दिन नसकेको भन्दै आलोचना गरिन् । सांसद चन्द्रकेश गुप्ताले लुम्बिनी सांस्कृतिक नगरपालिकामा अज्ञात समूहले गहुँ बालीमा आगो लगाइँदा किसान मर्कामा परेकाले क्षतिपूर्ति दिन प्रदेश सरकारसँग माग गरे ।
सांसद निमा गिरीले प्रतिपक्षलाई होच्याउने काम नगर्न सत्ता पक्षलाई चेतावनी दिइन् । उनले कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने बताइन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















