चितवनमा ट्रक र टिपर ठक्कर खाँदा चार जना घाइते

नवलपुर टुडे


चितवन, वैशाख ३ । चितवनको राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र टिपर ठोक्किएका छन् । लोथरबाट भण्डारातर्फ आउँदै गरेको ना ७ ख ४५७८ नम्बरको टिपर र बिपरित दिशातर्फ जाँदै गरेको ना ८ ख ४०९३ नम्बरको ट्रक आज बिहान ७ बजेको समयमा एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेहरुमा ट्रक चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१६ बस्ने ३० वर्षीय साजन मगर, ट्रकमा सवार राप्ती–२ बस्ने ३० वर्षीय अमित थापामगर, ट्रकमा सवार हेटौंडा–१६ बस्ने ३० वर्षीय रमेश चौलागाँई र टिपरको सहचालक मनहरी गाउँपालिका–६ बस्ने ३२ वर्षीय पुकार राई रहेका छन् । टिपर चालक फरार रहेको प्रहरीले बताएको छ ।
ट्रकमा सवार साजनको दाँहिने हात र टाउकोमा मध्यम, अमितको घाँटीमा सामान्य र रमेशको टाउकोमा मध्यम चोट लागेको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । टिपरमा सवार पुकारको दाहिने हातमा मध्यम चोट लागेको उनले बताए ।
फरार रहेका टिपर चालकको खोजतलास भइरहेको भण्डारीले जानकारी दिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















