अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको उपाधि गण्डकीलाई

नवलपुर टुडे


चितवन, वैशाख १ । प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको उपाधि गण्डकी प्रदेशले उचालेको छ ।
भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनलमा मधेश प्रदेशलाई ४१ रनले पराजित गर्दै गण्डकीले उपाधि उचालेको हो । गण्डकीले दिएको २०२ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश १८.१ ओभरमा १६० रनमै अलआउट भयो । मधेशका लागि पवन सर्राफले ३५, विशाल सुस्लिङले २७ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
गण्डकीलाई जित दिलाउन अमृत गुरुङले ३.१ ओभरमा मात्र १८ रन खर्चिदै महत्वपूर्ण ६ विकेट लिए । अंकित न्यौपानेले २, कमल परियारले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश सन्दीप क्षेत्रीको विष्फोटक ४७ रनको पारीले ८ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । करन पंगेनीले ४३, दिनेश बुढामगरले ३३ रन बनाए । मधेशका लागि विशाल पटेलले ३, रुपेश सिंह र रञ्जित कुमारले समान २ विकेट लिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















