२०८० : पत्रकारका लागि चुनौतीपूर्ण वर्ष, प्रेस स्वतन्त्रता हननका ६४ घटना : पत्रकार महासंघ

नवलपुर टुडे


‘विश्वव्यापी रूपमा देखिएको आर्थिक संकट, प्रविधि र माध्यमको विकाससँगै समग्र पत्रकारिता क्षेत्रमा नयाँ नयाँ चुनौती देखिएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघमा दर्ता भएका श्रम समस्या विस्तारै हल हुँदै गए पनि श्रमको दीर्घकालीन समस्या समाधानमा अबका वर्षमा मुख्य ध्यान दिनुपर्ने आवश्यकता छ। सञ्चार क्षेत्रमा देखिएको गम्भीर खालको आर्थिक संकटसँग जुध्ने र प्रविधिलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने चुनौती नयाँ वर्ष सँगसँगै भित्रिएको छ।’
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटना अघिल्लो वर्षको तुलनामा २०८० सालमा बढेको पनि महासंघले जनाएको छ। महासंघको मिडिया मनिटरिङअनुसार २०८० सालमा पत्रकारमाथि तीनवटा गिरफ्तारी, तीनवटा घटना कब्जा तथा अवरोध, १५ वटा आक्रमण, ३० वटा दुर्व्यवहार तथा धम्की, १२ पेशागत असुरक्षा, एक लैंगिक हिंसा गरी जम्मा ६४ वटा प्रेस स्वतन्त्रता हननका घटना घटेको महासंघले जनाएको छ।

महासंघले २०७९ सालमा प्रेस स्वतन्त्रता हनन्का ५१ र २०७८ मा ७४ वटा घटना भएको जनाएको छ। २०८० मा श्रमजीवी पत्रकारले तलब नपाएर विभिन्न सञ्चार गृहमा आन्दोलन गर्नुपरेको पनि विज्ञप्तिमा उल्लेख छ। यस्तै आम सञ्चार नीतिलाई कार्यान्वयन गर्न बन्नुपर्ने कानुनी मस्यौदा अपेक्षाकृत अगाडि बढ्न नसकेको र तीन तहकै सरकारले बनाएका तथा बनाउनुपर्ने कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन थप दबाब दिन आवश्यक रहेको विज्ञप्तिमा जनाइएको छ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















