राजनीति

आज एक बजे मन्त्रिपरिषद् बैठक बस्ने

नवलपुर टुडे
२०८० चैत्र ३० | बिहान ११:१२ बजे

काठमाडौँ । हिजो बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ । 

शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठकको सूचना आएको सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी दिए ।

यसअघि बिहीबारलाई बोलाइएको बैठक शुक्रबार बिहान १० बजे हुँदै पुन समय संशोधन गरेर दिउँसो १ बजेलाई पुर्‍याइएको हो ।

बैठकले सरकारका नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

कमेन्टहरु