एक सय ७२ रोपनीमा लगाइएको अफिमखेती नष्ट

रासस


त्रिवेणी (रुकुमपश्चिम), चैत ३० । रुकुमपश्चिमको विभिन्न ठाउँमा एक सय ७२ रोपनीमा लगाएको लागुऔषध अफिमखेती फँडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले यही महिना एक सय ७२ रोपनीमा लगाएको अफिमखेती नष्ट गरेको हो ।
जिल्लाको आठबीसकोट, मुसीकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँका एक सय ७२ रोपनी जग्गामा लगाएको अफिमखेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।
सूचना अधिकारी खड्काका अनुसार आठबीसकोट नगरपालिका–१ स्याला र २ कालजुरा भन्ने ठाउँमा ६० रोपनी, १२ नं वडाकोे कुरल र लामपुजामा ४५ रोपनीमा लगाएको अफिमखेती नष्ट गरिएको हो । त्यस्तै सानीभेरी गाउँपालिका–३ को तिमिले, कमैदे र काफिगैरामा २९ रोपनी, मुसीकोट नगरपालिका–८ घोरखानीमा एक रोपनी र आठबीसकोट नगरपालिका–३ दाङ भन्ने स्थानसहित वडा नं ७ को स्यालाकोट र डाँफेमा ३७ रोपनी गरेर जम्मा एक सय ७२ रोपनी जग्गामा लगाएको अफिमखेती नष्ट गरिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















