नेकपा एमाले चन्द्रपुर नगर कमिटिको तेश्रो अधिवेशन आज हुदै

अशोक यादव


रौतहट । नेकपा एमाले चन्द्रपुर नगर कमिटि रौतहटको तेश्रो अधिवेशनको तयारी पुरा भएको छ । आज हुने नगर अधिवेशनको तयारी पुरा भएको हो ।
पार्टी कार्यालय चन्द्रनिगाहपुर मै हुने नगर अधिवेशनको तयारीको लागी चन्द्रपुर नगर क्षेत्रको १० वटै वडाको प्रतिनिधि चयन भइसकेका छन । प्रतिनिधिहरुको परिचय पत्र बनाउने देखी लिएर मतदाता नामाबली समेत तयार भइसकेको नेकपा एमाले चन्द्रपुर नगर कमिटिका कार्यवाहक अध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिएका छन । प्रतिनिधि चयन, अतिथिहरुलाई निमन्त्रण, कार्यक्रम स्थलको निमार्ण लगायतका कामहरु भइसकेको कार्यवाहक अध्यक्ष तिवारीले जानकारी दिए ।
प्रचार प्रसारको कामहरु पनि १० वटै वाडमा भइरहेको प्रचार बिभाग प्रमुख चिरिन्जीब गौतमले जानकारी दिएका छन । उक्त अधिवेशनमा २ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन । यो अधिवेशन चुनाबी अधिवेशन समेत रहेको हुदा नेकपा एमाले चन्द्रपुरका नेताहरु आफना नेता तथा कार्यकर्ताहरुलाइ भेटघाटलाइ पनि तिब्रता दिएका छन । यसपटकको अधिवेशनमा नगर अध्यक्ष र सचिबमा धेरै जनाको उमेदवारी पर्न सक्ने आकलन गर्न सकिने एक कार्यकर्ताले जानकारी दिए ।
अध्यक्ष पदको लागी कार्यवाहक अध्यक्ष राजेन्द्र तिवारी,हालका नगर उपसचिब राम बहादुर घलान,पुर्व जिल्ला कमिटि सदस्य प्रमोद चौधरीले अध्यक्ष पदको लागी आकंक्षा देखाएका छन । यदी सहमतीको बाटो आयो भने आकंक्षी भन्दा बाहिरबाट पनि अध्यक्ष हुने अबस्था रहेको एमालेका एक सक्रिय कार्यकर्ताले जानकारी दिएका छन । सचिब पदमा पनि आकंक्षी बढन थालेका छन ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















