इलाम-२ को उपचुनावलाई प्रतिष्ठा बनाउँदै कांग्रेस, गगन थापा पनि खटिए

नवलपुर टुडे


काठमाडौं । सत्ता गठबन्धन भत्किएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले इलाम २ को उपचुनावलाई प्रतिष्ठा बनाएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले समर्थन गरे पनि कांग्रेसले एक्लै जित्नै रणनीतिका साथ अगाडि बढेको हो ।
वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । उनी गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग १४४ मतले मात्रै पराजित भएका थिए । त्यसैले अहिले इलाममा आफ्नो पक्षमा माहोल बनाउन कांग्रेसका शीर्ष नेताहरू खटिएका छन् । त्यहाँ कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डर बनाएर पठाएको छ। उम्मेदवार चयन गर्नुअघि नै इलामको ग्राउण्ड रिपोर्ट बुझेका शर्मालाई नै अहिले खड्कालाई जिताउने जिम्मेवारी दिएर पठाएको छ ।
इलाममा हुने उपनिर्वाचन कांग्रेसले जित्ने प्रवक्ता डा. प्रकाशशरण महतले दाबी गरे।
उनले भने- इलाममा हामी यसभन्दा अगाडि अत्यन्तै झिनो मतले हारेका थियौँ। तर, अहिले पार्टीभित्र एकताबद्ध गरेर जाँदा ११४ मतले मात्रै हारेको ठाउँमा जित निकाल्न सक्ने हाम्रो निष्कर्ष छ। हामीले उम्मेदवार पनि जिल्लाको पार्टी सभापति र त्यहाँ जनमत भएकै मान्छेलाई बनाएका छौँ। उनले कांग्रेसले इलाममा मात्रै नभएर बझाङमा पनि जित हासिल गर्न एकताबद्ध भएर लागिरहेको जिकिर गरे।
त्यसो त उम्मेदवार खड्काले पनि एमाले र माओवादीबीचको गठबन्धन ठूलो कुरा नभएकाले आफूलाई जनताले निर्वाचित गर्नेमा विश्वस्त रहेको दाबी गरे। उम्मेदवारी दर्तापछि उनले भनेका थिए- मैले इलाममा धेरे सामाजिक कार्यहरू गरेको छु त्यसलाई हेरेर भोट हाल्न गर्छु। २०३९ सालदेखि काम गरिरहेको छु। त्यसैले अहिले चुनावी गठबन्धनले असर गर्दैन मलाई जनताले जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु।
कांग्रेसले इलाममा आफूहरू झिनो जनमतले पराजित भएको दाबी गरेपछि त्यसबेला माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको पनि साथ थियो । तर, अहिले इलाममा माओवादीले एमालेलाई सघाउँदा नेकपा एस र जसपाले आ-आफ्नै उम्मेदवार अघि सारेका छन्। त्यहाँ कांग्रेसलाई एमाले मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार (पहिचानवादी) डकेन्द्रसिंह थेगिम लिम्बू पनि चुनौती बनाइरहेका छन्।

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन
अरुपनि पढ्नुहोस
सबै
इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण
















