कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

नवलपुर टुडे
२०८० चैत्र २७ | बिहान ०६:१२ बजे

काठमाडौँ, चैत २७ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बैठक बस्ने छ ।
बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभामा विरोध गर्दै आएको छ ।
आज पनि संसद् बैठक बस्ने कार्यसूची रहेकोले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।






















