सर्लाहीको भवानीपुर मुसहर बस्तीमा आगलागीबाट ६ घर जलेर नष्ट

नवलपुर टुडे


सर्लाही, चैत २६ । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुर मुसहर बस्तीमा आगलागी हुँदा छ वटा घर जलेर नष्ट भएका छन् । पाँच वटा घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीय रामविश्वास रामको घरबाट सुरु भएको आगलागीमा परेर उहाँसहित दिनेश माझी, जोखु मुखिया, भुर्री देवी, राजनारायण माझी र विन्देश्वर माझीको घर पूर्ण रुपमा जलेको छ ।
यस्तै, आगलागीमा परेर राजनारायण माझी, किशोर मुखिया, हर्ष मुखिया, मिश्री माझी र नरेश रायको घरमा आंशिक क्षति पुगेको छ । सोमबार मध्यान्ह साँढे ११ बजेदेखि सुरु भएको आगलागी स्थानीय बासिन्दा, सुरक्षाकर्मी र हरिवन तथा मलङ्गवा नगरपालिकाबाट आएका दमकलको सहयोगमा दिउँसो १:१५ तिर नियन्त्रणमा आएको सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
डिएसपी श्रेष्ठका अनुसार प्रारम्भिक विवरण अनुसार आगलागीबाट २६ लाख रुपियाँ बराबरको भएको छ । आगलागीको कारण प्रष्ट हुन सकेको छैन ।आगलागीबाट घर जलेर नष्ट भएपछि अति विपन्न मुसहर समुदायको बिचल्ली भएको छ । खरले छाएका अधिकांश घर तीव्र गतिमा चलेको हावाहुरीले एकै छिनमा खरानी भएका स्थानीयले बताएका छन् ।
बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले आगलागी पीडितलाई राहत स्वरुप तत्काल खानका चामल, दाल, आलु, तेलसहितका खाद्यान्न वितरण गरिएको बताउनुभयो । सर्लाहीसहित तराई क्षेत्रमा केही दिनदेखि सुक्खापन बढेर तीव्र गतिमा हावाहुरी चल्दा आगलागीका घटना बढेकाे छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















