राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा झडप, प्रहरी जवान गम्भीर घाइते

नवलपुर टुडे


काठमाडौँ, चैत २४। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा शनिबार काठमाडौँमा भएको झडपमा प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारीलाई रोक्न खोज्दा प्रहरी जवान घाइते भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बाध्य भएर बल प्रयोग गर्नुपर्यो, सो क्रममा प्रहरी सहायक निरीक्षकसहित पाँचजना घाइते भए, प्रहरी जवान बोहरा बोल्न नसक्ने अवस्थामा छन् ।”
गम्भीर घाइते भएका प्रहरी जवान बोहराको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरी थप उपचारका लागि नेपाल प्रहरीको अस्पातल लैजाने तयारी भएको प्रवक्ता अधिकारीले बताउनुभयो ।
झडपमा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेको प्रहरीले जनाएको छ । उक्त झपडमा प्रदर्शनकारीतर्फका १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन
अरुपनि पढ्नुहोस
सबै
इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण
















