विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

नवलपुर टुडे


काठमाडौँ । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बैतडीको पाटन नगरपालिका-८ झ्याउलेकस्थित सडकमा से.२ त ३६७८ नम्बरको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा ट्रयाक्टरमा सवार सोही नगरपालिका-१० पनाली बस्ने ५० वर्षीय मान बहादुर बिष्ट र चालक कन्चनपुर शुक्लाफाटा नगरपालिका-३ पिपलाडी बस्ने ३० वर्षीय राजेश चौधरी रहेका छन् । यसैगरी दोलखाको कालिन्चोक गाउँपालिका-२ पुटिस्याङस्थित सडकमा पुटिस्याङबाट सिंगटीतर्फ आउँदै गरेको लु.३ त १७१४ नम्बरको ट्रयाक्टर सडकबाट करिब ३५ मिटर तल खेतमा खसेर शुक्रबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-२ बाबरे बस्ने ३६ वर्षीया सन्ची माया थामीको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ४ जनाको धुलिखेल शाखा अस्पताल भिमेश्वरमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ डहरेस्थित सडकमा पनि बा.१७ च १४६५ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक दाङ घर भएका ३७ वर्षीय बिर सिंह परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















