गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एसएमएस कपको फाइनलमा

नवलपुर टुडे
२०८० चैत्र २१ | मध्यान्ह ०८:१२ बजे

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली एसएमएस कपको फाइनलमा पुगेको छ । बुधबार भएको खेलमा गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १८१ रन जोडेको थियो । नेपालका आसिफ सेखले ८५, कुशल भुर्तेलले ६७ रन जोडेका थिए । गुजरातले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७३ रन मात्र जोड्न सक्यो ।
नेपालका सोमपाल कामी र कुशल मल्लले २/२ विकेट लिए ।























