खेलकुद

नेपालले आयरल्यान्ड ‘ए’ लाई तीन रनले हराए

नवलपुर टुडे
२०८० चैत्र १९ | मध्यान्ह ०५:१२ बजे

काठमाडौँ । नेपाल ‘ए’ ले सोमबार खेलिएको तेस्रो तथा अन्तिम टी-२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई तीन रनले हराएको छ ।

जारी शृंखलामा नेपालले यो सान्त्वना जित हासिल गरेको हो । तीन खेलको टी-२० शृंखला भने आयरल्यान्डले २-१ ले जित्यो । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले २० ओभरमा सात विकेट गुमाएर दुई सय १० रनमात्र बनाउन सक्यो ।

कमेन्टहरु