बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

नवलपुर टुडे
२०८० चैत्र १८ | बिहान ११:१२ बजे

काठमाडौँ, चैत १८ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित एमाले अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र उपप्रधानमन्त्री एवं जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् ।
बैठकमा उपनिर्वाचनको तयारी, प्रदेश सिट बाँडफाँट लगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।






















