त्रिशुलीमा ट्याक्सी खस्दा एक बालिकासहित ५ जनाको मृत्यु

नवलपुर टुडे


चितवन, चैत १७ । ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशुलीमा ट्याक्सी खस्दा एक बालिकासहित ५ जनाको मृत्यु भएको छ ।
ट्याक्सीमा सवार ५ जनाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक बालिका, २ जना पुरुष र २ जना महिला रहेका छन् । उनीहरुको पहिचान भने खुलेको छैन ।
ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजेको समयमा सडकबाट करिब ८० मिटर तल नदिमा खसेको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको खटी उद्धार कार्य भइरहेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















