राजनीति

रास्वपाबाट इलाम– २ मा उम्मेदवार बनेका लिम्बुलाई माओवादीको पत्रकार सङ्गठनले गर्‍यो कारबाही

नवलपुर टुडे
२०८० चैत्र १६ | मध्यान्ह ०४:१२ बजे

काठमाडौँ, चैत १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट इलाम– २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बुलाई माओवादी केन्द्रको पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले कारबाही गरेको छ ।

शुक्रबार प्रेस सेन्टरमा महासचिव सन्तोष पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै सो सङ्गठनका केन्द्रीय सचिव रहेका लिम्बुले सङ्गठनको नीति, विधि, विधान र आचरणविपरीत विगत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक अभिव्यक्ति दिने तथा अनुशासनविपरीत गतिविधि गरिरहेको, साथै पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएकोले सङ्गठनको सबै जिम्मेवारीबाट हटाइएको जनाएका छन् ।

सङ्गठनको नेतृत्वको सुझाव र निर्देशनसमेत बेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गरेको भन्दै प्रेस सेन्टर नेपालको अनुशासन समितिको सिफारिसमा शुक्रबारदेखि सबै जिम्मेवारीबाट हटाइएको पौडेलले जानकारी गराएका छन् ।

434053275_976464157279341_2972202195954118430_n

कमेन्टहरु