पोखराबाट काठमाडौं आउँदै गरेको बस तनहुँमा दुर्घटना, ६ जना घाइते

रासस


तनहुँ, चैत १० । तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाणका अनुसार घाइतेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली छन्।
उनीहरूको जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए।
उक्त बसमा २६ यात्रु सवार थिए। बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाणले जानकारी दिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















