सरकारले मिटरब्याज अपराधमा जाँचबुझ गर्न आयोग गठन

नवलपुर टुडे
२०८० चैत्र ९ | मध्यान्ह ०५:१२ बजे

काठमाडौं । सरकारले अनुचित लेनदेन मिटरब्याज अपराधका सम्बन्धमा जाँचबुझ आयोग गठन गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा पुष्कर कार्की र सञ्जिव मिश्र सदस्य रहने गरी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुुसार आयोगले तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नेछ ।


















