सुनसरीको सप्तकोसी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद

नवलपुर टुडे


सुनसरी । सप्तकोसी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तोकोसी नदीबाट उक्त गाँजा बरामद गरेको हो ।
५/६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको थापाले बताए ।
गाँजा तस्करीमा संलग्न व्यक्तिहरू भने भागेको सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४ गणले फाल्गुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्ससहित ५६४.४७५ किलो गाजा बरामद भएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















