दासढुंगामा ट्रक र मोटरसाइक्ल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

नवलपुर टुडे


चितवन, चैत ७ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ दासढुंगामा ट्रक र मोटरसाइक्ल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–२९ कुसुनटार बस्ने बर्ष ३२ को सोमलाल लामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
आज बिहान १ः५० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ७ ख ७६४ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालक लामाको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान २ः३५ बजे मृत्यु भएको हो । प्रहरीले दुवै सवारी साधन र ट्रक चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१३ बस्ने बर्ष ३९ को दुर्गा बहादुर स्याङ्ताङलाई नियन्त्रणमा लिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















