दाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

नवलपुर टुडे


दाङ, चैत ५ । दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बबई गाउँपालिका–१ का ४५ वर्षीय जितबहादुर बुढा रहेका छन् । उनको उपचारका क्रममा पौने १२ बजेतिर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनाका घाइतेमध्ये चालक बबई–१ का ४७ वर्षीय लोकबहादुर राना र स्थानीय ५० वर्षीय जोकबहादुर बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
उनीहरुसहित घाइते स्थानीय ३२ वर्षीया संगीता बुढा, सल्यानको शारदा नगरपालिका–९ की ५० वर्षीया नन्दकली थापालाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगंजस्थित नर्सिङ कलेजमा रिफर गरिएको छ ।
दुर्घटनाका घाइतेमध्ये बबई–१ की ४० वर्षीया बन्दना बुढाको तुलसीपुरमै उपचार भइरहेको छ भने स्थानीय १७ वर्षीया तारा सारु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
बबई–१ भागोदुलास्थित गंगटेबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको लु १ ज १४२७ नम्बरको जिप उकालोमा चढ्न नसकेर ब्याक भई दुर्घटनामा परेको थियो । जिप अन्दाजी सडकबाट ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















