गुम्बा र विहारमा व्यवसाय नगर्न निर्देशन

रासस


रुपन्देही । लुम्बिनी विकास कोषले यहाँका गुम्बा तथा विहारमा व्यावसायिक गतिविधि नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ । कोषले लुम्बिनीका विहारलाई विहार क्षेत्र विनियमावली, २०५८ अनुसार त्यहाँ बस्ने विदेशी नागरिकको विवरण बुझाउन पनि निर्देशन दिएको छ ।
लुम्बिनी विकास कोषको क्षेत्राधिकारका विहार क्षेत्र भगवान् बुद्धको शिक्षा र उपदेशको पूर्ण रूपमा पालना गर्नुपर्ने स्थान रहेको स्मरण गराएको छ । विहार क्षेत्रलाई बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्ति क्षेत्रका रूपमा स्थापित गर्न अनुरोध गर्दै कोषले सबै गुम्बा र विहारलाई पत्र पठाएको छ । विहारमा आउने विदेशी तथा उनीहरूको फर्कने मिति उल्लेख गरी सम्पूर्ण विवरण नियमित रूपमा कोषमा प्रस्तुत गर्न आग्रह गरिएको छ ।
साथै, कोषले विहार क्षेत्रमा व्यावसायिक प्रयोजनले कुनै पनि कार्य नगर्न/नगराउन अनुरोध गरेको छ । व्यावसायिक गतिविधि गरिएको पाइएमा कारबाही हुने चेतावनी पनि दिइएको छ ।
लुम्बिनी गुरुयोजना क्षेत्रलाई बौद्ध धार्मिक, आध्यामिक एवं शान्ति केन्द्रका रूपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रको विहार क्षेत्रलाई सानो बौद्ध संसारका रूपमा परिकल्पना गरी यहाँ विभिन्न राष्ट्र र बौद्ध सम्प्रदायलाई विहार निर्माणका निम्ति जग्गा उपलब्ध गराइएबमोजिम हाल बौद्ध विहार, गुम्बा, ध्यान केन्द्र निर्माण भई सञ्चालनमा रहेको कोषले जनाएको छ ।
गुम्बा र विहारमा पाँच भिक्षु/भिक्षुणी र उनीहरूका सहयोगीका रूपमा थप पाँच गरी जम्मा १० विदेशी नागरिक बस्न सक्ने व्यवस्था रहेको स्मरण गराइएको छ ।
लुम्बिनीका विहार र गुम्बामा बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको विकास गर्नुपर्नेमा त्यसविपरीत होटेलले झैँ कोठा तयार गरी पर्यटक राखिएकामा आपत्ति जनाउँदै लुम्बिनी होटेल संघले गत फागुन २९ गते कोषलाई ज्ञापनपत्र बुझाएको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















