राजनीति

सबै जनताले बास पाउनुपर्छः मन्त्री अधिकारी

नवलपुर टुडे
२०८० चैत्र ३ | मध्यान्ह ०९:१२ बजे

कृष्णनगर, चैत्र ३ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सबै जनताले बास पाउनुपर्ने बताएका छन् । उनले सुकुम्बासी, दलित भूमीहीन, अव्यवस्थितको समस्याको हलमा केन्द्रित भएको बताएका छन् ।

जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । जिल्ला र राष्ट्रको समस्या समाधान गर्ने कामको रणनीति बनाएर उत्थान गरिने उनले बताए ।

सुखी नेपाली, समृद्ध नेपालको बनाउने सवालमा पूँजी र क्षमताको आधारमा सबैलाई प्राप्त हुने गरि काममा ध्यान केन्द्रित भएको उनले बताए । भूमिहीन जटिल समस्या भएको बताउँदै त्यस समस्याको हल गर्ने कुरामा मन्त्रालय र सरकार लाग्ने मन्त्री अधिकारीको भनाई छ ।

उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ताले कृष्णनगर भन्सार नाका लुम्बिनी प्रदेशको मुख्य नाका भएकोले सुक्ख बन्दरगाहको लागि पहल गर्नु ध्यानाकर्षण गरेका छन् । उनले कृष्णनगर मुख्य व्यापारिक केन्द्र भएको बताउँदै बजारीकरण गर्नुपर्ने बताए । उनले सुकुम्बासी, दलित भूमिहीन, अव्यवस्थितलाई लालपुर्जा उपलब्ध गराई बासको व्यवस्थामा ध्यान दिनुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सुशिल श्रीवास्तव, वडा अध्यक्ष कृष्ण कुमार गुप्ताले कृष्णनगर मुख्य व्यापारिक केन्द्र र औद्योगिक क्षेत्र भएकोले केन्द्र सरकारबाट पहल गरि कृष्णनगरको विकासमा जोड दिन आग्रह गरेका थिए ।

घनश्याम अग्रहरी, विक्रम अग्रहरी, सत्य नारायण अग्रहरी, दिपक कसौधन, रेनु शर्मा, नारायण कनोडिया, नुर मोहम्द, वृजेश कुमार गुप्ता, राहुल मोदनवाल लगायत धेरैको सहभागिता रहेको थियो । कार्यक्रममा उद्घोषक प्रहलाद पाण्डेय रहेका थिए ।

कमेन्टहरु