Opens in a new tab

धरानमा जारी २४औँ बूढासुब्बा गोल्डकपः मोरङ फाइनलमा

रासस

29Shares
dida bag ad

धरान, फागुन ३० । मोरङ फुटबल एसोसिएसन सुनसरीको धरानमा जारी २४औँ बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

धरान रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा मोरङ फुटबल एसोसिएसनले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको हो।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

मोरङ फुटबल एसोसिएसनका लागि सिमोन लिम्बू, धीरेन क्षेत्री, आदित्य शाक्य, सागर तिरुवा र अशोक खवासले गोल गरेका थिए। धरानका लागि दोर्जे तामाङ, विजय राई, अनिल राई र सुगम जिमीले मात्र गोल गरेका थिए। मिलन लिम्बूले भने गोल गर्न सकेनन्।

आजको खेलको म्यान अफ दी म्याच मोरङका गोलरक्षक पूर्ण चेम्जोङ घोषित भइ रु १० हजार पुरस्कार प्राप्त गरे। बिहीबार अर्को सेमिफाइनल खेल एनआरटी क्लब, काठमाडाैँ र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए।