त्रिकोणात्मक टी–२० : नेपाललाई हराउँदै पीएनजीले जित्याे उपाधि

नवलपुर टुडे


काठमाण्डाै, फागुन ३० । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे उपाधि पपुवा न्युगिनि (पीएनजी) ले जितेकाे छ । आज भएकाे अन्तिम खेलमा नेपाललाई ८६ रनले हराउँदै पीएनजीले उपाधि हात पारेको हो ।
पीएनजीले दिएकाे १ सय ७२ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १६ ओभर ३ बलमा ८५ बलमा अल आउट भयाे । नेपालका सन्दीप जाेराले सबैभन्दा धेरै १७ रन बनाए । पीएनजीका कबुआ माेरे, चाद साेपर र सेसे बाउले समान २ विकेट लिए ।
यसअघि हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा टस हारेर ब्याटिङ गरेको पीएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनायो । पीएनजीका टोनी उराले ६१ र एली नाओले अविजित ३० रन बनाए । नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए ।
हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको थियाे ।
पीएनजीले हिजो दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा हङकङलाई १० विकेटले हराएको थियाे । यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एक/एक अङ्क बाँडिएको थियो ।
यसैबीच शृङ्खलाकाे तेस्राे स्थानका लागि भएकाे खेलमा हङकङले हङकङ ‘ए’ टोलीलाई ७० रनले हराएकाे छ । हङकङले दिएकाे २ सय ३६ रनकाे लक्ष्य पछ्याएकाे हङकङ ‘ए’ टाेलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रनमात्र बनाउन सक्याे ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















