खेलकुद

त्रिकोणात्मक टी–२० शृंखला : उपाधिका लागि आज नेपाल र पीएनजीबीच प्रतिस्पर्धा

नवलपुर टुडे
२०८० फाल्गुन ३० | बिहान ०७:११ बजे

काठमाडौं, फागुन ३० । हङकङमा जारी त्रिकोणात्मक टी–२० शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । दुई देशबीचको फाइनल खेल आज दिउँसो पौने १२ बजेदेखि सुरू हुनेछ ।

मंगलबार भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो । दोस्रो खेलमा पीएनजीले घरेलु टोली हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै शृङ्खलाको फाइनलमा पुगेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको हङकङले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १२.४ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय २४ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो ।

कमेन्टहरु