अपराध

घाँटी रेटिएको अवस्थामा एक पुरुषको शव फेला

नवलपुर टुडे
२०८० फाल्गुन २९ | मध्यान्ह ०५:११ बजे

सुर्खेत, फागुन २९ । सुर्खेतको वीरेन्द्रनगरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बारा जिल्ला घर भई हाल वीरेन्द्रनगर–९ लाटीकोइली स्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षीय अनिल पटेल मृत अवस्थामा फेला परेका हुन् ।

मंगलबार ११ बजे पटेल आफू सुतेको घरमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले रातोपाटीलाई जानकारी दिए । उनको हत्या गरिएको हुनसक्ने प्रहरीको आशङ्का पछ । 

घाँटीमा गहिरो चोट लागेको र घटनास्थलमा रगत लागेको चुलेसी समेत फेला परेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रमुख खड्काले बताए । 

कमेन्टहरु