राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित

नवलपुर टुडे
२०८० फाल्गुन २९ | मध्यान्ह ०२:११ बजे

काठमाडौ, फागुन २९ । राष्ट्रिय सभा अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै माओवादीका दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन् ।
दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको छ भने विपक्षमा १७ मत परेको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा ५६ जना सांसद उपस्थित थिए ।
दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाको समर्थन थियो । कांग्रेसका शर्मालाई लोसपाले साथ दिएको थियो ।






















