प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

जगत ठाडा मगर
२०८० फाल्गुन २९ | बिहान १०:११ बजे

काठमाडौं, फागुन २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिँदै छन् । फागुन २१ मा कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरण बनाएपछि रास्वपा उपप्रधान तथा गृहसहित चार मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ ।






















