राप्रपाले गर्यो तीन नेतालाई निलम्बन

नवलपुर टुडे


काठमाडौँ, फागुन २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन जना नेतालाई निलम्बन गरेको छ ।
निलम्बनमा पर्नेहरूमा महाधिवेशन प्रतिनिधिद्वय पूर्व केन्द्रीय सदस्यहरू सिन्धुपाल्चोकका भीमसेन खनाल र दाङका हंसराज केसी तथा बर्दियाको ठाकुरबाबा नगरपालिकाका पूर्व अध्यक्ष गोरख बहादुर बम रहेका छन् ।
सामाजिक सञ्जालमा पार्टी हित विपरीत भ्रम फैलाउने, पार्टीको नीति, नेतृत्व र एकता विरुद्ध निरन्तर नकारात्मक धारणा दिँदै आएका कारण उनीहरूलाई निलम्बन गरिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनीहरूलाई पार्टी सदस्यबाट निलम्बन गर्ने अनुशासन समितिको सिफारिसलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको प्रवक्ता श्रेष्ठले बताए ।

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
अरुपनि पढ्नुहोस
सबै
महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
















