खेलकुद

त्रिकोणात्मक टि-२० सिरिज : पिएनजीविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

जगत ठाडा मगर
२०८० फाल्गुन २९ | बिहान ०७:११ बजे

काठमाडौं, फागुन २९ । हङकङमा जारी त्रिकोणात्मक टि-२० सिरिजको आज हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । टस जितेर पिएनजीले बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

यो खेल हङकङको मोङ कोक मैदानमा सुरु हुँदैछ । हङकङ भ्रमणमा पुगेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । यो सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन् । आइतबार भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका थिए ।

आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले आठ ओभरमा दुई विकेको क्षतिमा ६५ रन बनाउँदा दोस्रो पटक पानी परेपछि खेल रद्द गरिएको थियो । खेल रद्द भएसँगै नेपाल र हङकङले एक एक अङ्क बाँडेका हुन् । यो सिरिज बुधबारसम्म चल्नेछ ।

नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने छ । फाइनल खेल भोलि हुनेछ । फाइनलमा नपुग्ने टोलीले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

कमेन्टहरु