नवलपरासीमा संचालित ठुला आयोजनाहरुको प्रगती बारे छलफल(भिडियोसहित)

नवलपुर टुडे


नवलपरासी, फागुन २८ । पश्चिम नवलपरासी जिल्ला भित्र संचालित ठुला विकास आयोजनाको प्रगती तथा बिद्यमान समस्या सन्दर्भमा सरोकारवाला बिच छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजीत छलफलमा सम्वन्धीत आयोजना कार्यालयमा प्रतिनिधी, निमार्ण ब्यवसायी प्रतिनिधीसहित आवश्यक सरोकालाहरु निकायको प्रतिनधित्व रहेको थियो ।
छलफलमा बोल्दै संघीय सांसद बिनोद चौधरीले सबै विकास आयोजनाहरुको निमार्ण समयमै सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । समस्या परेको स्थानमा सहजीकरण गर्न म तयार छु । तर विभिन्न वाहानामा काम ढिलासुस्ती गर्ने छुट कसैलाई छैन सांसद चौधरीले भन्नुभयो ।
सांसद चौधरीले यस अगाबै पनि नवलपरासीमा संचालित ठुला विकास निमार्णका आयोजनाहरु प्रभावकारी रुपमा समयमै सम्पन्न गर्नुपर्छ भनेर सरोकारवाला निकायमा आवश्यक पहल गर्दै आउनुभएको छ ।
पश्चिम नवलपरासीमा बुटवल – नारायणगढ सडक खण्ड र हुलासी सडक खण्डको कामलाई प्राथमिकता साथ हेरिएको छ । जसमध्ये हुलाकी सडक खण्डको करिव ३७ किलोमिटर सडक मध्ये १२ किलोमिटर मात्र पुरा काम सकिएको छ । बिगत सात बर्ष अगाडि काम थालिएको हुलाकी सडकको काम बर्षोदेखी अलपत्र पदै आएको छ । ‘जस अनुसार छलफलको क्रममा हुलाकी सडक खण्ड अन्तर्गत आगामी ४ महिना भित्र थप ७ किलोमिटरको सडक विस्तारको काम सम्पन्न गर्ने सरोकारवाला बिच सहमती भएको हो ।
यसैगरी बुटवल नारायगण सडक खण्ड मध्ये पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकादेखी सुनवल नगरपालिकासम्म करिव ४७ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ । वाँकी कामसमेत तत्कालै सम्पन्न गर्नुपर्नेमा छलफलको क्रममा जोड दिईएको थियो ।
निमार्ण ब्यवसायीहरुका प्रतिनिधीहरुले आवश्यक निमार्णजन्य सामाग्री अथवा नदीजन्य सामाग्रीको अभाव देखिएको दावी गर्दै आएकोपनि छलफलको क्रममा सरोकारवाला निकायले निमार्ण ब्यवसायीले काम गर्न विभिन्न वाहान बनाउदै आएको दावी गर्दै आएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















