राजनीति

राष्ट्रिय सभा अध्यक्षका लागि माओवादीका दाहाल र कांग्रेसका शर्माले गराए उम्मेदवारी दर्ता

जगत ठाडा मगर
२०८० फाल्गुन २८ | मध्यान्ह १२:११ बजे

काठमाडौं, फागुन २८ । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रका सांसद नारायण दाहाल र नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । संघीय संसद नयाँ बानेश्वरमा सोमबार बिहान दाहाल र शर्माले उम्मेदवारी दर्ता गरेका हुन् ।

दाहाल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन् । उनको प्रस्तावकमा माओवादीका सांसद गोपीबहादुर सार्की छन् । समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन् । 

नयाँ गठबन्धनमा माओवादी अध्यक्ष र एमालेलाई उपाध्यक्ष लिने सहमति भएको थियो ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका शर्माको पक्षमा विपक्ष गठबन्धन बनाउने प्रयास जारी छ । उनी बाँकेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष पदका लागि मंगलबार चुनाव हुनेछ ।

कमेन्टहरु