राजनीति

एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित

नवलपुर टुडे
२०८० फाल्गुन २८ | बिहान ०८:११ बजे

गोरखा, फागुन २८ । नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् ।

आठौँ जिल्ला अधिवेशनबाट सुरेन्द्रबहादुर थापा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी कृष्ण नेपालीलाई ७५ मतान्तरले पराजित गरेका हुन् । थापाले २८० मत पाउँदा नेपालीले २०५ मत ल्याए ।

उपाध्यक्षमा मेन बहादुर अधिकारी र सचीवमा काजीराम रोका निर्वाचित भए । विजयी अधिकारीले २७० मत पाउँदा पराजित कमल दानीले १२१ र कृष्ण काप्रीले ७१ मत पाए । सचिवमा रोकाले ३५३ मत ल्याएर विजयी हुँदा उपेन्द्र देवकोटाले १०५ मत ल्याए ।

उपसचिवमा मनोज जोशी र शान्ति चापागाईं निर्वाचित भएका छन् । जोशीले २६५ मत सहित विजयी हुँदा प्रतिस्पर्धीहरू विष्णुप्रसाद पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत पाए । अर्को उपसचिवमा चापागाईंले ३२० मत पाउँदा नानीमाया थापाले १५० मत ल्याइन् । 

कमेन्टहरु