अछाममा आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेकाे आराेपमा बुवा पक्राउ

नवलपुर टुडे
२०८० फाल्गुन २७ | मध्यान्ह ०५:११ बजे

अछाम, फागुन २७ । अछाममा आफ्नै १२ वर्षीया नाबालिग छोरीमाथि बलात्कार गरेकाे आराेपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।
शनिबार साँझ मंगलसेन नगरपालिकाबात आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा ३५ वर्षीय बुवालाई प्रहरीले प्रकाउ गरेकाे हो ।
शनिबार दिउँसो घरमा बुवाले छाेरीमाथि बलात्कार गरेकाे थाहा पाएपछि नाबालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि बुवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए ।
प्रहरी निरीक्षक साउदका अनुसार पक्राउ परेका बुवामाथि म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।























