राजनीति

राप्रपाको पार्टी कार्यालयभित्रै नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट

नवलपुर टुडे
२०८० फाल्गुन २७ | मध्यान्ह ०२:११ बजे

काठमाडौँ, फागुन २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालयभित्र नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको छ । आइतबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा राप्रपाका कार्यसम्पादन समिति सदस्य श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै कुटपिट भएको हो । 

पार्टीको कार्यसम्पादन समिति बैठकबाट बाहिर निस्कने क्रममा श्रेष्ठमाथि एक समूहले कुटपिट गरेका हुन् । नेता दीपकबहादुर सिंहले श्रेष्ठलाई आक्रमण गर्नेहरू फरार रहेको बताए । आक्रमणकारीलाई खोजी गर्न प्रहरीलाई जानकारीसमेत गराइएको नेता सिंहले बताए । 

कार्यसम्पादन समितिको बैठक लम्बिने भएपछि साढे ११ बजेतिर लन्च ब्रेक भएको थियो । नेताहरू खाना खान बाहिर निस्कने क्रममा एक्कासि श्रेष्ठमाथि आक्रमण भएको स्रोतले जनायो । श्रेष्ठमाथि भएको आक्रमणको घटनापछि सीसीटीभी भुटेज हेर्ने काम भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

अहिले बैठक रोकेर यही विषयमा छलफल भइरहेको बताइएको छ । 

कमेन्टहरु