राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा सिटौला मनोनीत

नवलपुर टुडे
२०८० फाल्गुन २६ | मध्यान्ह ०७:११ बजे

काठमाडौँ, फागुन २६ । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनीत भएका छन् ।
नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रिय सभा सदस्य सिटौलालाई राष्ट्रियसभामा दलको नेता मनोनीत गरेका हुन् ।
देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४ ) को धारा १२ को उपधारा (१) बमोजिम सिटौलालाई राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनयन गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिए ।























