आशिका फाउन्डेसनद्वारा फुटबलर प्रिती र सवितालाई ५०/५० हजार नगदसहित सम्मान

नवलपुर टुडे
२०८० फाल्गुन २६ | मध्यान्ह ०६:११ बजे

काठमाडौं । आशिका फाउन्डेसनले नेपाली महिला फुटबल टोलीका सदस्यद्वय प्रिती राई र सविता राना मगरलाई नगदसहित सम्मान गरेको छ । जर्मनीमा बस्दैै आएकी सामाजिक अभियन्ता आशिका तामाङद्वारा फाउन्डेसनले प्रिती र सवितालाई जनही ५०-५० हजारसहित सम्मान गरेको हो ।
साउदीमा एक साताअघि भएको वाफ वुमन्स फुटबल प्रतियोगितामा नेपाललाई उपविजेता बनाउन प्रीति र सविताले उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रितीले सेमिफाइनल र सविताले फाइनलमा गोल गरेकी थिइन् । फाइनलमा नेपाल टाइब्रेकरमा जाेर्डनसँग पराजित भएकाे थियाे ।
फाउन्डेसनकी अध्यक्ष तामाङले महिला फुटबल टीमलाई प्राेत्साहन गर्न फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई पुरस्कृत गरेकाे बताइन् ।























