हङकङसँग नेपाल ७३ रनले पराजित

नवलपुर टुडे


काठमाडौँ । हङकङविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १ सय ३९ रनमा समेटिएको हो ।
नेपाललाई सस्तोमा समेट्न एइजाज खानले घातक बलिङ गर्दै ४ विकेट लिए । उनलाई एहसान खानले ३ विकेट लिँदै साथ थिए । अतिक इकबाल र नसरुल्लाह रानाले १–१ विकेट लिए । नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २२ बलमा ४२ रन बनाए । यसक्रममा उनले ४ चौका र ३ छक्का हिर्काए । कप्तान रोहित पौडेलले ३० तथा आरिफ शेखले ३८ रनको योगदान दिए । ३ विकेटको क्षतिमा ११७ रनको बलियो अवस्थामा रहेको नेपालले २२ रनमा बाँकी विकेट गुमाउन पुग्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य खडा गर्न महत्त्वपूर्ण योगदान दिए । अन्तिम ओभरमा आकाश चन्दको बलमा आउट हुन अघि उनले मात्र ४९ बलमा ११० रन बनाए । उनले यसक्रममा ३ चौका र १३ छक्का प्रहार गरे । एइजाज खानले नटआउट रहँदै ११ बलमा २१ रन बनाए ।
यसअघि कप्तान तथा ओपनर निजाकत खान तेस्रो ओभरमा शून्य रन बनाउँदा आरिफ शेखको शिकार बने । अर्का ओपनर मार्टिन कोटजीले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३१ रन बनाए । आकाश चन्दको बलमा आउट हुनअघि उनले ५ चौका र १ छक्का हिर्काए ।
अन्सी राथले ३२ बलमा ३९ रन बनाउँदै प्रतिश जिसीको बलमा आउट भए । उनले ३ चौका र २ छक्का हिर्काए । विकेट किपर रासिद खानको बलमा शून्य रनमा आउट भएका थिए । नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिश जिसी र रासिद खानले १–१ विकेट लिए ।

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
अरुपनि पढ्नुहोस
सबै
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
















