गण्डकी प्रदेशको हिउँदे अधिवेशन ३ दिन चलेर अन्त्य

नवलपुर टुडे


पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिन चलेर अन्त्य भएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो ।
शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयलाई पठाएको संसद सचिवालयका सूचना अधिकारी प्रेम अधिकारीले जानकारी दिए । फागुन १६ गतेदेखि सुरु भएको गण्डकीको हिउँदे अधिवेशनमा २० र २१ गते पनि बैठक बसेको थियो । आमसञ्चार विधेयक र बिउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै अधिवेशन पनि अन्त्य भएको हो ।
प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्न बनेको विधेयक छलफलका लागि पेश भएको थियो । सत्ताको रस्सकस्सीबीच अधिवेशन अन्त्य गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रदेश मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार २ जना माओवादी मन्त्रीलाई बर्खास्त गरेका थिए भने माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















