राैतहटमा एक महिलाले गरिन् झुण्डेर आत्महत्या

अशोक यादव
२०८० फाल्गुन २४ | मध्यान्ह ०२:११ बजे

रौतहट, फागुन २४ । राैतहटमा एक महिलाले झुण्डिएर आत्महत्या गरेका छन् ।
जिल्लाको मध्य भागमा रहेको दुर्गा भगवती गाउँपालिका वडा नं. ४ पचरुखि निवासी जयप्रकाश महतोको श्रीमतीले अन्दाजी आज (बिहीबार) मध्याह्न १२:३० बजेको समयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
घटनाबारे आवश्यक छानबिन र अनुसन्धान भइरहेकाले थप विवरण आउन बाकी रहेको ईलाका प्रहरी कार्यालय गंगा पिप्राले जनाएको छ । विगत एक हप्तामा राैतहटमा एक दर्जन भन्दा बढी महिलाहरुले आत्महत्या गरेका छन् ।






















