खेलकुद

रौतहटमा “पालिका कप २०८०” क्रीकेट प्रतियोगिता फाल्गुन २६ गतेबाट

अशोक यादव
२०८० फाल्गुन २४ | मध्यान्ह ०२:११ बजे

रौतहट, फागुन २४ । नेपाल मै पहिलो पटक जिल्लाका सम्पुर्ण स्थानीय तह सहभागी रहेको “पालिका कप २०८०” क्रीकेट प्रतियोगिता रौतहटमा हुने भएको छ ।

रौतहट जिल्ला क्रीकेट संघको आयोजनामा यहि फाल्गुन २६ गतेबाट प्रतियोगिता संचालन हुने रौतहट जिल्ला क्रीकेट संघले आज एक पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । प्रतियोगिताका विजेता टिमले नगद ३ लाख र उप विजेता टिमले नगद १ लाख ५० हजार पुरस्कार पाउने संघका कोषाध्यक्ष विक्रान्त विक्रम नेपालले बताए ।

यस प्रतियोगिताको फाइनल खेल चैत्र २४ गते नेपाल मै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको बत्ति जडान गरि रात्रिमा हुने संघले तयारी गरेको छ । यस्तो खेल राैतहट जिल्लामा पहिलोपटक हुन लागेको छ । यस खेलले राैतहटका खेलाडीलाई राष्ट्रिय स्तरकाे खेलमा छनाैटसमेत हुन माैका पाईन्छ ।

खेल जगतमा अहिलेकाे अवस्थामा क्रिकेट संसार कै सबैभन्दा ठुलाे लाेकप्रिय खेलकाे रूपमा व्यक्तिहरूले हेरिरहेका छन् । केही बर्ष अगाडि राष्ट्रिय खेलकाे लागि राैतहट जिल्लाबाट जितेन्द्र मुखिया छनाेट भईसकेका छन । यसपाली पनि पालिका खेलबाट केही खेलाडी छनाेट हुनसक्ने अध्यक्षले बताएका छन् ।

कमेन्टहरु