पाल्पामा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

जगत ठाडा मगर
२०८० फाल्गुन २४ | मध्यान्ह ०१:११ बजे

पाल्पा, फागुन २४ । पाल्पामा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपुरको विनयी-त्रिवेणी गाउँपालिका-३ बस्ने २१ वर्षीय बुद्धबहादुर विक छन् ।
विकलाई जिल्ला प्रहरी कार्यालय पाल्पा र अस्थायी प्रहरी पोष्ट माडिफाँटबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो । उनले किशोरीलाई तानसेन नगरपालिका-९ दमकडा बेलडाँडास्थित एक घरमा सोमबार राति जबरजस्ती करणी गरेको उजुरी छ । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस घटनामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






















