अपराध

अपहरणमा परेका ४ वर्षीय बालकको उद्धार, आरोपित भारतीय नागरिक पक्राउ

जगत ठाडा मगर
२०८० फाल्गुन २४ | मध्यान्ह ०१:११ बजे

काठमाडौँ, फागुन २४ । सर्लाहीको पर्सा गाउँपालिका वडा नं २ सङ्ग्रामपुरबाट अपहरणमा परेका बालकको प्रहरीले उद्धार गरेको छ । बुधबार दिउँसो साढे १ बजे कुरकुरे किन्न गएका ४ वर्षीय अङ्कित कुमार राम अपहरणमा परेका थिए ।

अपहरणमा संलग्न रहेको आरोपमा भारतको सितामढी बथुवारा वडा नं १ घर भएका २७ वर्षीय अताबुल अन्सारीलाई पक्राउ गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताए ।

आरोपीविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको एसपी ज्ञवालीले बताए ।

कमेन्टहरु