माओवादीका तीन मन्त्रीले पाए निरन्तरता, थपिए वर्षमान र हितबहादुर

जगत ठाडा मगर
२०८० फाल्गुन २३ | मध्यान्ह ०३:११ बजे

काठमाडौँ, फागुन २३ । नेकपा माओवादी केन्द्रले तीन जना मन्त्रीलाई निरन्तरता दिने भएको छ ।
यसअघि गृहमन्त्री रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्री बनाउने भएका छन् । यस्तै माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतलाई नै पठाउने भएको छ ।
त्यस्तै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।






















