राजनीति

रास्वपाले पायो चार मन्त्रालय : गृहमा रवि, शिक्षामा सुमना, श्रममा डोल प्रसाद र खेलकुदमा विराजभक्त

जगत ठाडा मगर
२०८० फाल्गुन २३ | मध्यान्ह ०२:११ बजे

काठमाडौँ, फागुन २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार मन्त्रालय पाएको छ ।

बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकमा रास्वपालाई गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालय दिने सहमति भएको हो

स्रोतका अनुसार रास्वपाले गृहमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डोलप्रसाद अर्याल, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई पठाउने भएको छ ।

कमेन्टहरु