राजनीति

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

नवलपुर टुडे
२०८० फाल्गुन २२ | मध्यान्ह ०७:११ बजे

काठमाडौ, फागुन २२ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् ।

कमेन्टहरु